विजयको फिल्म पनि डिजिटल प्लेटफर्ममा

फिल्म । साउथ इण्डियन फिल्म स्टार थालपथी विजयको नयाँ फिल्म ‘मास्टर’ डिजिटल प्लेटफर्ममा रिलिज हुने चर्चा बढेको छ । कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा फिल्मको रिलिज रोकिएको छ । पछिल्लो समय बलिउडका फिल्महरुले डिजिटल प्लेटफर्म रोजेपछि विजयका फ्यानहरुले पनि फिल्म रिलिज गर्न सामाजिक सञ्जाल मार्फत आग्रह गरेका थिए ।

फिल्ममा विजय सेतुपती र माल्भिका मोहनन् पनि लिड रोलमा छन् । निर्माण पक्षले प्राइम अमेजनसँग कुरा अगाडी बढाएको छ । महँगो रकममा तयार भएको ‘मास्टर’ को विषयमा सहमति भएमा निर्माण पक्षले आउँदो महिना फिल्म रिलिज गर्न सक्नेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्