दोहोरिए वरुण र श्रद्धा

फिल्म । केहि समय अगाडी मात्र डेटको कारण कट्रिना कैफले वरुण धवनसँगको फिल्म छाडेको खबर बलिउडमा चर्चामा थियो । कट्रिना पछिल्लो समय सलमान खानको फिल्म ‘भारत’ मा व्यस्त छिन् । उक्त फिल्मको काम नसकीएपछी कट्रिनाले वरुणसँगको फिल्म छाडिन । तर निर्माताले उक्त फिल्मको लागि कास्ट फाइनल गरिसकेका छन् । अर्थात् फिल्मआ वरुणको जोडी हुनेछिन , श्रद्धा कपूर ।

हालै फिल्म ‘साहो’ को छायाँकन सकाएकी श्रद्धाले फिल्म ‘एबीसीडी ३’ मा वरुणको अपोजिटमा रहेर काम गर्नेछिन् । त्यसो त उनले अघिल्लो सिरिजमा पनि काम गरिसकेकी छिन । रिमो डिसुजाको निर्देशनमा तयार हुने फिल्मको लागि ज्याक्लिन फर्नान्डिजको नाम पनि अगाडी आएको थियो तर श्रद्धाको क्रेज बढ्ने भनक पाउना साथ् रिमोले उनलाई नै कास्ट फाइनल गरे । ‘साहो’ प्रदर्शनपछी श्रद्धाको चर्चा बढ्ने सम्भावना छ । वरुण र श्रद्धाको जोडीलाई दर्शकले मन पराएको कारण रिमोले यसैलाई देखाउदैछन् । फिल्मको छायाँकन आउदो जनवरी २२ बाट सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्