बोमनले भने ‘इरफान कम भए म बढी’

फिल्म । गत महिना बलिउडले दुइ हस्ती ऋषि कपूर र इरफान खानलाई गुमायो । बलिउडमा आफ्नो फिल्ममा गहिरो छाप छोडेका दुइ अभिनेताले अप्रिलको अन्तिम दुइ दिनमा यो संसार त्यागे । भौतिक शरिर नरहेता पनि इरफान र ऋषिको कामले दुइ सदैव कलाप्रेमी दर्शक माँझ रहनेछन् । इरफानको कुरा गर्ने हो भने उनि थियटर हुँदै फिल्ममा आएका हुन् । उनले आफ्नो अभिनयद्वारा दर्शकको मन जित्दै आएका थिए ।

यिनै इरफानलाई ब्लकबष्टर फिल्म ‘थ्री इडियट्स’ मा भाइरसको भूमिका सुहाउने भन्दै बोमन इरानीले सुझाएका थिए । उनलाई फिल्म अफर गरेपछि उनले निर्देशक राजकुमार हिरानीलाई इरफान सुझाएका हुन् । ‘मैले त्यस किसिमको भूमिका मुन्ना भाइमा गरिसकेको थियो । फेरी म त्यहि गर्ने मनस्थिति थिइन् र मैले राजुलाई इरफानको नाम सुझाए’ बोमनले भने ।

तर , राजु (निर्देशक राजकुमार हिरानी) ले बोमनलाइ इरफान धेरै कम उमेरको देखिने बताए । ‘मैले इरफान कम उमेरको देखिए म बढी उमेरको देखिन्छु भने’ बोमनले त्यो समय सम्झीए । करीना कपूरको पिताको भूमिका निर्वाह गर्नु पर्ने भएकोले इरफान त्यसमा फिट भएनन् र क्यारेक्टरलाई परिवर्तन गर्दै बोमननै भाइरस बने । (एजेन्सी)

कमेन्ट गर्नुहोस्