शब्द खाने ‘नम्रता’

काठमाण्डौ , अभिनेत्रीहरुको भिडमा अभिनयकै कारण चर्चामा आउने गर्छिन नम्रता श्रेठ । गत बर्ष उनले आयोजना भएको प्राय जसो अवार्ड जितन सफल भइन । उनले फिल्म क्लासिकमा निर्वाह गरेको दृष्टिविहिनको भूमिका मार्फत उक्त अवार्ड जितिरहेकी थिइन् । स्वर्गीय निर्देशक आलोक नेम्वाङद्वारा निर्देशित फिल्म सानो संसार मार्फत यसक्षेत्रमा भित्रिएकी नम्रताले आफ्नो प्रिय क्यारेक्टरबारे कुरा गरेकी छिन । ऋतु यो किन पनि खास छ भने पहिलो पटक यहिँ भूमिकामा पर्दामा देखिएकी थिए र त्यसका अडिसन मार्फत छानिएकी थिए । त्यतिबेला मा जस्ती थिए फिल्ममा पनि त्यहि नै देखिएकी छु । आलोक दा ले मलाइ तिमि जस्ती छौ त्यस्तै गर्नु भन्नु भाको थ्यो । धेरै बोल्ने र चन्चले भएता पनि पहिलो पटक काम गर्न सहज थिएन , मेरा निमित । सेटमा मेरो रियाक्सन कम हुदा आलोक दा ले धेरै पटक मलाइ रिस उठाउने काम गर्नु हुन्थ्यो । कहिले कहिँ रुवाउँनको लागि मन पनि दुखाउनु हुन्थ्यो र डायलगमा पनि निकै मेहनत गरेकि थिए किनकी त्यो बेला शब्द खान्थे । यसैले गर्दा पनि योऋतु मेरो लागि सधै खास रहिरहने छ । शिखा यसमा म अनाथालयमा हुर्किएकी शिखाको भूमिकामा थिए । यहिँ फिल्म मार्फत मेरो परिचय पनि फैलियो । सुदर्शन थापाको निर्देशनमा तयार भएको यो फिल्ममा अभिनेता आर्यन सिग्देलसंगको मेरो जोडीलाई सबैले मन पराउनु भयो । यो भूमिकाकै लागि मैले अनाथको जीवन र उहाहरुको शैलीलाई नजिकबाट बुझन पाएकी थिए । चुलबुले नम्रताबाट एकैपटक गम्भीर स्वभावको नम्रतालाई दर्शकले यसमा देख्नु भएको थियो । शोली त्यो टाइमको बेस्ट टिम थियो छड्के र मेहनत पनि त्यहि अनुरुप गरिएको थियो । रोमान्टिक फिल्ममा देखिरहेकी नम्रतालाई निगम श्रेष्ठ निर्देशित यो फिल्ममा बिल्कुलै फरक पाउनु भएको थियो दर्शकले । त्यो क्यारेक्टरकै लागि कपाल पनि काटेकी थिए तर क्युट देखियो भनेर निर्देशकले विक लगाई दिनु भएको थियो । त्यो भूमिकाले मलाइ केहि हदसम्म ग्याङस्टारको जीवनलाई पनि बुझाएको थियो । मैले बाइक पनि चलाउन सिके , अलि अलि फाइट पनि गरे । डमी फाइटमै मेरो किकले गर्दा विपिनजी घाइते पनि हुनु भएको थियो । यो शोली पात्र मेरा लागि आफैमा पनि एक्सपेरिमेन्ट थियो । बर्षा सुरज भुषाल निर्देशित मौनको पात्र हो बर्षा । यसमा मैले सुन्न तथा बोलन नसक्ने भूमिका निर्वाह गरेकी थिए । यो भूमिका गर्नु अगाडी मैले झन्डै महिना दिन उहाहरुको जीवनलाई नियाल्ने मौका पाएको थिए । उहाहरु हरेक कुरामा अपडेट भएको देख्दा र स-साना कुरामा खुसि भएको पाउदा आफै सरप्राइज पनि भएकी थिए । यसमा म अलिकति लाउड देखिएकी छु र कलरफुल ड्रेसमा पनि । किनकी मैले उहाहरुको लाइफ स्टाइललाई देखाउनु थियो । यसै कारणले रिलिज अगाडी निकै डर पनि लागेको थियो किनकी मैले त्यो भूमिकालाइ न्याय गर्न सकी कि सकिन भनेर तर पछी पाएको प्रतिक्रियाले म निकै खुशी भए । शीतल दिनेश राउत निर्देशित फिल्म नोभेम्बर रेनमा मैले शितलको भूमिका निर्वाह गरेकी थिए । यसमा पहिले मलाइ डल्लीको भूमिका भनिएको थियो तर पछी आर्यनको अपोजिटमा तिमि नै हुनु पर्छ भनेर निर्देशकले भन्नु भयो । यो क्यारेक्टर मेरो रोजाईमा किन पर्छ भने यसमा म डाक्टरको रुपमा देखिएकी थिए । डाक्टर भएपछी आफ्नो इमोसन्स कसरि लुकाउनु पर्छ भन्ने पनि थाहा पाए । यो क्यारेक्टर देखिदा मेरा निमित सरल नै भएपनि सहज भने थिएँन । namrata-shrestha-at-kamana-film-award-2016 दृष्टि फिल्म क्लासिकमा निर्वाह गरेको क्यारेक्टर हो दृष्टि । जसलाई आखा देख्न नसक्ने म्युजिक लभरको रुपमा प्रस्तुत गरिएको थियो । यसबाट मैले धेरैको तारिफ पनि पाएकी थिए र अहिले पनि युट्युबमा हेर्नेले सामाजिक सञ्जाल मार्फत पनि तारिफ नै गर्नु हुन्छ । तर हाम्रो लागि यो निकै च्यालेन्जिङ थियो किनकी कथा दृष्टि विहिनको थियो र मनोरंजन पनि दिनु थियो । निर्देशक दिनेशसंग यसमा काम गर्ने सल्लाह नोभेम्बर रेन गर्दा नै भैसकेको थियो । त्यसैले गर्दा पनि केहि हदसम्म प्रिपेयर नै थिए । तर आफैलाई चित बुझन सकेको थिएँन । धेरै गेटअप परिवर्तन गरे , दृष्टिको लागि । किनकी मैले त्यसको निमित उहाहरु (दृष्टिविहीन) संग केहि समय बिताएकी थिए । मलाई मौन कै बर्षाले पनि यसमा केहि सहयोग त गरेको थियो तर यसमाका लागि पनि मेहनत भने कम थिएन । शुटिङ पछीको केहि समय सम्म पनि आखा एकोहोरो हेरिरहने नै हुन्थ्यो मलाइ । मेरो ध्यान ड्रेसमा जान्छ भने यसै फिल्मबाट मैले मोनिटर पनि हेर्न छाडे । koshish-kshetri-and-namrata-shrestha-at-parva पर्वकी ऋतु शुक्रबार देखि रिलिज हुने फिल्म पर्व मार्फत फेरी ऋतु बनेर आउदैछु । तर पहिलो फिल्म सानो संसार भन्दा यसकी ऋतु बिल्कुलै फरक छिन । फिल्म नै थ्रिलर भएकोले ट्रेलर मार्फत पनि थोरधेर पात्र परिचय भईसकेको छ । फिल्म भित्रको क्यारेक्टर देख्दा सहज देखिए पनि केहि इन्टेन्स सिनले भने गाह्रो नै बनाएको थियो । हुन् त त्यसका लागि वर्क आउट पनि गरेका थियौ नै । यसमा दर्शकहरुले उग्र नम्रता देख्नु हुनेछ । साभार शुक्रबार
कमेन्ट गर्नुहोस्