फिल्म । तेस्रो सातामा प्रदर्शनरत फिल्म ‘ऊनको स्वीटर’ देशव्यापी रूपमा १ सय २० भन्दा बढी शो पाएको छ । निर्माता संस्था आर्टमाण्डू नेपाल प्रालिले फिल्मले दुई हप्ताको अवधिमा घरेलु बक्सअफिसबाट ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको दाबी गरेको छ । हालसम्म कलेक्सन सार्वजनिक नभए पनि डायस्पोरामा फिल्मले राम्रो व्यापार गरिरहेको बताइएको छ ।
नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ ।
दर्शकहरूले दमदार अभिनय, जीवन्त संवाद र प्रभावशाली निर्देशनलाई फिल्मको बलियो पक्षको रूपमा उल्लेख गरेका छन् । दर्शकको स्वतन्त्र समीक्षाबाट समेत यसको सकारात्मक चर्चा बटुलिरहेको छ ।
कमेन्ट गर्नुहोस्










