सलमानले घटाए ४० करोड

फिल्म । अभिनेता सलमान खानले आफ्नो फिल्म ‘राधे : योर मस्ट वान्टेड भाई’ को पहिलो पटक भारतमा फस्ट रिलिजनै ओटीटी प्लेटफर्म जी फाइभमा गर्दैछन् । प्राय हलमै फिल्म ल्याउन रुचाउने सलमानले यसपटक देशको अवस्थालाई मध्यनजर गर्दै यस्तो गरेका हुन् । सलमानले फिल्म जी स्टुडियोलाई सम्पूर्ण राइट्स २ सय ३० करोडमा बिक्री गरेको खबर केहि समय अगाडी भारतीय मिडियामा उल्लेख थियो ।

फिल्मलाई हल र डिजिटल प्लेटफर्ममा ल्याउने तयारी अनुसार यस्तो गरिएको हो । तर , पछिल्लो केहि दिन यता भारतमा कोरोना भाइरसको दोस्रो लहर निकै आक्रमक भइरहेको सन्दर्भमा हलमा रिलिज सम्भावना न्यून छ । यसैले गर्दा जी नेटवर्कको आग्रहलाई मान्दै सलमानले फिल्मको लागत घटाएका छन् । सम्झौता भइसकेको २ सय ३० करोडबाट उनले घटाएर १ सय ९० करोडमा सम्झौता गरेका छन् ।

बलिउडमा भाइजानको समेत उपनाम पाएका सलमानले ४० करोड घटाएपछी यतिबेला जी टीम हर्षित छ । अहिलेसम्मको ओटीटी रिलिजमा यो बलिउडकै ठुलो फिल्म हो । यो आउँदो विहिबार इदको अवसरमा रिलिज हुदैछ । फिल्मलाई जी नेटवर्क अन्तर्गतको एपमा शुल्क तिरेर हेर्न पाइनेछ । अघिल्लो लकडाउनकै समयमा फिल्मलाई डिजिटल प्लेटफर्ममा रिलिज गर्ने प्रस्ताव ओटीटी प्लेटफर्म मार्फत आएपनि सलमानले स्वीकार गरेका थिएनन् ।

फिल्ममा सलमानसँगै रणदीप हुदा , दिशा पटानी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यो फिल्मलाई पनि सलमानलाई ‘वान्टेड’ जस्तो फिल्ममा प्रस्तुत गरेका प्रभुदेवालाई नै निर्देशन गरेका छन् । पछिल्लो समय सलमानको फिल्महरु रेस ३ , भारत र दबंग ३ पनि जी नेटवर्कले नै खरिद गरेको थियो । साथै , उनको वेब फिल्म ‘कागज’ पनि जी फाइभबाटै प्रिमियर गरिएको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्