चलचित्र सङ्घमा नरेन्द्रको नेतृत्व

फिल्म । हल सञ्चालक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको ४९ औँ साधारणसभामार्फत अध्यक्षमा नरेन्द्र महर्जन विजयी भएका छन् । काठमाडौँमा शनिवार राति अबेर सम्पन्न मतदानमा कुल एक सय ५२ मत खसेको थियो । आइतबार विहान घोषणा गरिएको नतिजा अनुसार अध्यक्षमा महर्जनले एक सय ४ मत, प्रतिद्वन्द्वी कुवेर शर्माले ४६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शान्तिप्रियले जानकारी दिए । उहाँका अनुसार दुई मत बदर भएको थियो ।

तीन वर्षका लागि सत्र सदस्यको कार्यसमिति निर्वाचित भएको र पहिलो वैठकले आवश्यकता अनुसार पद बाँडफाँड गर्ने उनले जानकारी दिए । सदस्यमा करण श्रेष्ठ, प्रज्वल शमशेर जबरा, देवेन्द्र खड्की, छविराज ओझा, गोपालकाजि कायस्थ, ओम जैशी, कपिल द्वा, सुरेन्द्र थापा, आशिष तामाङ, दिप्रश शाक्य लगायत विजयी भएका छन् । अध्यक्ष महर्जन प्रदर्शकसँगै चलचित्र निर्माता तथा वितरक समेत हुन् ।

कमेन्ट गर्नुहोस्