फिल्म । सन् २०१८ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’ मार्फत स्टार बने यश । फिल्मको ट्रेलर देखि नै चर्चामा रहेका यशले रिलिजपछी फ्लोअर्स बढाउँन सफल भए । फिल्म मार्फत उनको स्टारडम बढिरहदा यसको सिक्वेललाई लिएर फ्यान प्रतिक्षित छन् । ‘केजीएफ’ को सिक्वेललाई प्रस्ट्याउने केहि झलक पहिलो च्याप्टरमै रहेकाले च्याप्टर २ को प्रतिक्षा बढेको हो । प्रतीक्षाकै बीच फिल्म आउँदो अक्टुबर २३ मा रिलिज हुने घोषणा भएको छ । यशले आफ्नो सामाजिक सञ्जाल मार्फत फिल्मको रिलिज घोषणा गरेका हुन् ।
सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने उनले एक्सनमा नयाँ स्ट्न्ड गर्नेछन् । यस्तै कारणले प्रतिक्षित फिल्ममा यश आफ्नै शैलीमा देखिनेछन् । यसमा यशसँगै श्रीनिधि शेट्टी पनि मुख्य भूमिकामा हुनेछिन् । सिक्वेलमा बलिउडका बाबा अर्थात् संजय दत्त पनि देखिनेछन् । उनले भिलेनको भूमिका निर्वाह गर्नेछन् । फिल्म च्याप्टर फस्ट झैँ पाँच भाषामा रिलिज हुनेछ । (एजेन्सी)










