‘जेम्स बोन्ड’ अर्थात ड्यानियल चीन नजाने

फिल्म । हलिउडमा सफल सिरिज मध्यको एक हो ‘जेम्स बोन्ड’ । स्पाई थ्रिलर यसफिल्मलाई दर्शकले रुचाउने गरेका छन् । सन् १९६२ देखि नै सुरुवात भएको सेरिज विश्वभर चर्चित छ । यसमा विभिन्न समयमा विभिन्न कलाकारले आफुलाई जेम्स बोन्डको रुपमा अगाडी ल्याईसकेका छन् । पछिल्लो समय बोन्डको रुपमा ड्यानियल क्रेग छन् । उनि सन् २००६ मा रिलिज भएको फिल्म ‘क्यासिनो रोयल’ देखि नै जेम्स बोन्डको भूमिकामा देखिदै आएका छन् । ब्रिटिश जासुस जेम्स बोन्डको चरित्रमा आधारित रहेको शृंखलाको यो २५ औं फिल्म हो भने क्रेगको बोन्डका रुपमा पाँचौं तथा अन्तिम फिल्म । जेम्स बोन्ड हलिउडको सबभन्दा लामो चलेको शृंखलामा पर्छ । लेखक इयान फ्लेमिङले सृजना गरेको एजेन्ट जेम्स बोन्डको चरित्रमा अभिनय गर्ने क्रेग छैटौं कलाकार हुन् ।

फिल्मको रिलिज हुँदै गर्दा यसको प्रचारसंगै प्रिमियरको लागि पनि विभिन्न स्थान चयन गरिएको छ । तर , अब यसको प्रिमियर चीनमा नहुने भएको छ । कोरोना भाइरसका कारण चीनको बेइजिङमा आगामी अप्रिलमा बेइजिङमा हुने भनिएको प्रिमियर रद्द भएको जानकारी फिल्मको निर्माता बारबरा ब्रोकोलीले गराएकी छन् । अन्तर्राष्ट्रिय फिल्मको दोस्रो ठूलो बक्स–अफिस बजार मानिने चीन कोरोना भाइरसका कारण प्रभावित भएको छ । सन् २०१५ मा रिलिज भएको जेम्स बोन्डको ‘स्पेक्टर’ फिल्मले चीनको बक्स–अफिसमा सर्वाधिक ८३ दशमलव ५१ मिलियन अमेरिकी डलर कमाई गरेको थियो ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार आगामी साताहरूमा कोरोना भाइरसको प्रभाव घटेपनि जेम्स बोन्डको ‘नो टाइम टु डाई’ का अभिनेता डेनियल क्रेग र फिल्मसम्बन्धी कलाकार चीन नजाने भएका छन् । क्यारी जोजी फुकुनागाले निर्देशन गरेको ‘नो टाइम टु डाइ’ मा क्रेगका अलावा क्रिस्टोफ वाल्ट्ज, रामी मलिक र लिया सिडु लगायतका कलाकारले अभिनय गरेका छन् । फ्रेन्च अभिनेत्री सिडु यसअघिको बोन्ड फिल्ममा पनि थिइन् । रामी मलिकले गत वर्षमात्रै ‘बोहेमियन र्‍याप्सोडी’का लागि उत्कृष्ट अभिनेताको ओस्कर पाएका थिए भने अर्का ओस्कर विजेता क्रिस्टोफ वाल्ट्ज यसअघिको बोन्ड फिल्ममा खलनायक थिए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्