फिल्म । अभिनेत्रीको रुपमा मिरुना मगरले ‘लालपुर्जा’ फिल्मबाट डेब्यु गरिन् । डेब्युमा धेरै चर्चा भएपनि उनको फिल्मले सफलता पाउन सकेन । भर्सटायल अभिनेता सौगात मल्लदेखि युवास्टार प्रदीप खड्कासँग काम गरिसके पनि उनी सफलताबाट विमुख छिन् । यद्यपि, प्रदीपसँग रोमान्स गरेको फिल्म ‘रोज’ डिजास्टर साबित भए पनि मिरुनालाई दर्शकको ठूलो वर्गमा चिनायो । उनको पछिल्लो रिलिज फिल्म ‘साइनो’ हो । फिल्म सफल नभएपनि मिरुनाको चर्चा हुन्छ । लण्डनको सुविधासम्पन बसाइ छाडेर नेपालमा फिल्मी जगतमा आफ्नो भविष्य खोजिरहेकी मिरुनाले आफुले सक्दो मेहनतका साथ् अगाडी बढिरहेको बताएकी छिन । ‘मैले पाएको काममा कतै इमान्दारिता छाडेको छैन , सक्दो मेहनत गरिरहेकी छु’ उनले भनिन् । पछिल्लो फिल्म ‘च च हुई’ मा देखिने मिरुना आशावादी छिन् ।

फिल्ममा उनि हिमाली भेगको युवतीको भूमिकामा छिन् । ‘मलाइ सेल्फी लिईरहनु पर्छ’ उनले क्यारेक्टरलाई प्रस्ट्याइदै भनिन् ,’फिल्ममा हिमाली भेगको युवतीको भूमिकामा छु ।’ यो फिल्ममा उनले अभिनेता आर्यन सिग्देलसँग रोमान्स गरेकी छन् । उनी आर्यनबाट आफूले धेरै कुरा सिक्न पाएको बताउँछिन् । आर्यनको तारिफ गर्दै उनले भनिन्, ‘उहाँ कलाकार मात्र होइन ‘ह्युमन विइङ’ पनि राम्रो हुनुहुन्छ । उहाँको ‘सेन्स अफ ह्यूमर’ एकदमै राम्रो छ ।’ आफ्नो परिवार युकेमा रहेकाले यहाँ छायांकन हुने फिल्मकै युनिटमा आफ्नो परिवार खोज्ने मिरुनाले ‘च च हुई’ दिमाल लगाउने फिल्म भन्दा पनि पूर्ण व्यावसायिक रहेको बताइन ।
‘हाम्रो फिल्मले दर्शकको पैसा र समयको सदुपयोग गर्छ’ उनले भनिन् । फिल्ममा आर्यनसंगै भोलाराज सापकोटा पनि उनको को-स्टार छन् । आर्यन र भोलाबाट आफुले धेरै सिकेको बताइन । ‘भोला दाइ र आर्यन दाइले मलाइ धेरै कुरामा गाइड गर्नु भयो , उहाहरुको अनुभवले हामीलाई मार्ग निर्देश गर्छ’ मिरुनाले भनिन् । त्यसो त फिल्ममा उनि फ्रेस भएकै कारण भित्रिएकी निर्देशक तथा सम्पादक साम्तेन भुटियाले बताए । ‘हामीले फ्रेस जोडी खोजिरहेका थियौ , त्यसैले मिरुनामा लक गर्यौ ।’ साम्तेन मात्र नभई टिमनै मिरुनाको काम देखि उत्साहित छ ।


यसै फिल्म मार्फत फिल्म निर्माणमा भित्रिएका अमृत घोले लामा पनि मिरुनाको काम देखि सन्तुष्ट छन् । ‘पहिलो फिल्ममा पाएको टिमले झनै हौसाएको छ’ उनले भने । आफ्नो प्रोडक्सन हाउस एजीएल इन्टरटेनमेन्ट मार्फत बर्षेनी स्तरीय फिल्म बनाउने तयारी अनुरुप यस क्षेत्रमा भित्रिएका अमृतले विना सम्झौता फिल्म तयार गरेको बताए । मिरुना पनि टिम देखि खुसि छिन् । ‘फिल्मको कथा आफैमा राम्रो छ नै साथै टिम पनि राम्रो पाए’ उनले भनिन् । टिम राम्रो नभएमा काममा बाधा आउने उनको बुझाइ छ । चुलबुले युवतीको भूमिकामा देखिने मिरुनाले फिल्मको पात्र च च हुई झैँ मच्चिने बताइन । उनले फिल्मको नाम र कथा एकआपसमा मिल्दो रहेको प्रस्ट्याइन । साथै , फिल्मले नेपालको हिमाली भेगको सुन्दरतालाई समेत बोकेको उनले प्रस्ट्याइन । ‘हाम्रो फिल्मले कथा अनुसार हिमाली भेगको रमणीय दृश्यमा खिचिएको छ नै साथै यसले त्यहाँको सुन्दरताको समेत प्रचारप्रसार गर्नेछ’ मिरुनाले बताइन ।
उनले नेपाली फिल्मले आफ्नै देशको सुन्दरतालाई विस्तारै बाहिर ल्याउनु पर्ने र ल्याईरहेको समेत बताइन । फिल्मको अधिकांस छायांकन हिमाली भेगमै गरिएको छ । पछिल्लो समय लभ स्टोरी जनरका फिल्ममा देखिदै आएका अभिनेता आर्यन रम-कम जनरको फिल्ममा देखिएका हुन् । दुइ बेकमिले युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसमा रमाइलो तरिकाले चित्रण गरिएको छ । जीवनको पिङ च च हुई गरेर मच्चिन खोज्दा आउने अवस्थालाई फिल्ममा देखाइएको हो । आर्यन र भोला हङकङमा काम गरिरहेका दुइ युवाको भूमिकामा छन् भने मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन् ।
फिल्ममा निर्देशन र सम्पादन साम्तेन भुटियाको रहेको छ । फिल्ममा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय पनि रहेको छ । फिल्म रम-कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसैफिल्म मार्फत निर्माणमा आउँदैछन् । यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ भने, पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ । यसमा निमालामाको मेकअप , रेनिश फागोको कलर करेक्सन , श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी रहेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।












