निर्माण नहुँदै ओभरसिज राइट्स ‘सोल्ड’

फिल्म । अभिनेत्री र निर्मात्रीसँगै आफैलाई स्थापित गरेको फिल्म ‘ए मेरो हजुर’ को सिक्वेल मार्फत निर्देशकीय यात्रा सुरु गरेकी झरना थापा अब सिरिजबाट पर हटेर ‘भागवत गीता’ निर्माण गर्दैछिन् । उनको होम प्रोडक्सनबाट निर्माण हुने फिल्ममा निर्देशन उनकै रहनेछ भने सुहाना थापा लिड कास्टमा छिन् । निर्देशन यात्रा प्रारम्भ गरेपछि पहिलोपटक उनले ‘ए मेरो हजुर’ टाइटल छाड्दै छिन् । हालै ए मेरो हजुरको चौथो सिरिज रिलिज गरेपछि उनले नयाँ टाइटलको काम अगाडी बढाएकी हुन् ।

आउँदो भाद्रबाट छायांकन गर्ने तयारी रहेको फिल्मको टीजरका लागि केहि दृश्यको छायांकन समेत गरिएको छ । जनकपुरमा छायांकन गरिएको त्यो दृश्य फिल्ममा समेत रहने निर्माता सुनिलकुमार थापाले बताएका छन् । ‘ए मेरो हजुर ४’ ओभरसिजमा रिलिज गर्ने तयारीकै बीच झरनाको निर्देशनमा तयार हुने नेक्स्ट प्रोजेक्ट ‘भागवत गीता’ को पनि ओभरसिज राइट्स विक्री भएको छ ।

नेपालीको बसोबास बढी रहेको अमेरिकाका लागि फिल्मको राइट्स बिकेको हो । नमस्ते इन्टरटेनमेन्टका अमृत राई, खेम गुरुङ र जंग राईको टिमले फिल्मको अमेरिका राइट्स खरिद गरेका छन् । यो विश्वासले फिल्म मेकिङ झनै दायित्व थपिएको निर्माता थापा बताउछन् ।

कमेन्ट गर्नुहोस्