‘महको तस्वीर पुजा कोठामा राख्छु’

45 Shares

फिल्म । पछिल्लो समय निर्देशनमा प्रदीप भट्टराई खोजिने पहिलो नाम बनिसकेका छन् । मह संचारमा काम गरेको डेढ दशकको अनुभव संगालेर ‘जात्रा’ मार्फत फिचर फिल्ममा डेब्यु गरेका प्रदीपले सफलतामा ह्याट्रिक गरेका छन् । जात्रा मार्फत आफ्नो क्षमतालाई प्रदर्शन गरेका प्रदीपले दोस्रो फिल्म शत्रु गतेमा आफुलाई बक्स अफिसमा प्रमाणित गरे । यिनै प्रदीप निर्देशित तेस्रो फिल्म ‘जात्रै जात्रा’ ले समिक्षक र दर्शकबाट ‘उत्कृष्ट’ फिल्म भन्ने प्रतिक्रियाका साथ् ५१ औ दिने यात्रा तय गर्दैछ ।

पछिल्लो समय उनिसंग काम गर्न नचाहने निर्माता तथा कलाकार कमै होलान् । मह संचारकै शत्रु गते पनि निर्देशन गरेका प्रदीपले एक अन्तर्वार्ताको क्रममा महलाई बोल्ने भगवानको संज्ञा दिएका छन् । महका म अर्थात् मदनकृष्ण श्रेष्ठ र ह अर्थात हरिवंश आचार्यबाट निर्देशनका विभिन्न तथ्यलाई बुझेका प्रदीपले आफ्नो पहिचानको कारणनै उहाहरु रहेको बताए ।

‘म जे छु महकै कारण छु’ उनले भने ‘मह मेरो स्कुल मात्र होइन , मेरो सब थोक हो ।’ सर्लाहीको हरिवनबाट काठमान्डू आइपुगेका प्रदीपले सुरुवाती दिनमा महमा सामान्य काम गर्थे । तर , लगनशीलता , मेहनत र क्षमता देखेर उनलाई मह जोडीले मुख्य सहायक निर्देशक बनाए । साथै, उनले महका केहि सिरियल निर्देशन पनि गरेका छन् । ‘मैले आफ्नो घर बनाएको दिन पुजा कोठामा महको तस्वीर हुन्छ’ निर्देशक भट्टराई भन्छन् ‘उहाहरु मेरो लागि बोल्ने भगवान हुनुहुन्छ ।’

Facebook Comments