अनमोल बिनानै ‘ब्याचलर बन्टी’ ?

फिल्म । पछिल्लो समय पपुलर स्टार अनमोल केसी फिल्म ‘ए मेरो हजुर ३’ को छायाँकनमा व्यस्त छन् । होम प्रोडक्सनको फिल्म ‘क्याप्टेन’ छायाँकनकै समयमा उनले’ए मेरो हजुर ३’र मिलन चाम्सको निर्देशनमा तयार हुने अनटाइटल प्रोजेक्ट साइन गरेका थिए । त्यस अनुसार उनले असोज अगाडी ‘ए मेरो हजुर २’ र त्यसपछी निर्देशक चाम्स र निर्माता सुदिप खड्काको निर्माणमा तयार हुने फिल्मको लागि डेट दिने सहमति भएको थियो । तर होम प्रोडक्सनमा तयार भईरहेको फिल्म ‘क्याप्टेन’ को सेड्युल लम्बिदा अनमोलको टाइमिङ तलमाथि भयो । यसले गर्दा उनको अन्य प्रोजेक्ट समयमा हुन् सकेन । क्याप्टेनपछी उनले झरना थापाको फिल्म शुटिङ त ज्वाइन गरे तर मिलनको फिल्म भने अझै टुङ्गो लागिसकेको छैन । अर्थात् , फिल्म ‘ब्याचलर बन्टी’ को शुटिङ कन्फर्म हुन् सकेको छैन । अनमोलको समय तलमाथि भएपछी निर्देशक चाम्सले आफ्नो अर्को प्रोजेक्ट ‘बीर बिक्रम २’ को कामलाइ अगाडी बढाएका छन् । बुझिए अनुसार , उनि फेस्टिभल सकिने वितिकै छायाँकनमा जाने चर्चाछ । फिल्मको लागि दायाहाङ राई र वर्षा शिवाकोटी तय भईसकेको खबर बाहिर आइसकेको छ । यता अनमोल क्याप्टेन रिलिजपछी पुनः होम प्रोडक्सनकै फिल्म गर्दैछन , जसको लागि उनका पिता भुवन केसीले निर्देशकसँग समेत कुरा अगाडी बढाई रहेकाछन् । यी दुईको सेड्युल हेर्ने हो भने अनमोलले फिल्म ‘ब्याचलर बन्टी’ गर्ने सम्भावना घट्दो छ भने यता मिलन र सुदिपले पनि उनि बिनानै आउदो वर्ष नयाँ स्टारकास्ट लिएर फिल्म निर्माण गर्ने मनसाय बनाएको बुझिएको छ । साइन गरिएको समयमा अनमोलले डेट दिन नसकेपछी मिलनले आफ्नो सफल फिल्म ‘बीर बिक्रम’ को सिक्वेलको काम अगाडी बढाएका हुन् । अब हेरौ , फिल्मनगरीमा भएको चर्चा नै सत्य हुन्छ कि अनमोलले मिलन एक्सन कटमा काम गर्छन ? यो भने आउने समयले बताउनेछ ।
कमेन्ट गर्नुहोस्