‘प्रेम गीत ३’ को ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म । आउँदो असोज ७ अर्थात दसैँलाई लक्षित गर्दै प्रदर्शनमा आउने फिल्म ‘प्रेम गीत ३’ले ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरले प्रेमको चरित्रलाई केन्द्रमा राखेर प्रेम र सत्ताको लडाइँको दुविधालाई देखाएको छ । ट्रेलरलाई नेपाली र हिन्दी भाषामा रिलिज गरिएको छ । सार्वजनिक ट्रेलरमा मनिष राउत, सुनिल थापा र शिव श्रेष्ठका दृश्य थपिएका छन् । ट्रेलरले प्रेमकथासँगै यो भागमा द्वन्द्वका दृश्यलाई प्राथमिकता दिएको छ ।

हिन्दीमा डब गरेर भारतमा प्रदृशन गर्न लागिएको फिल्मलाई स्व छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् । फिल्मलाई छेतेनले मन्दिप गौतमसँग मिलेर लेखेका हुन् । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्