रंगशालामा ‘सेन्टी भाइरस’को प्रमोशनल गीत

फिल्म । प्रतिक्षित फिल्म मध्यको एक ‘सेन्टी भाइरस’को प्रमोशनल गीतको छायांकन सकिएको छ । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा गीतको छायांकन गरिएको हो । प्रचार-प्रसारमा सहयोग पुग्ने हिसाबले ‘पार्टी जिताइदे’ बोलको गीत तयार गरिएको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु कुन्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन विक्रम राईलाई फिचर गरिएको छ । दीपक आचार्य ‘काकु’ निर्देशित भिडियोमा राजनीतिक पार्टीको प्रचार र दुई पार्टीको झै-झगडालाई देखाइएको छ । यसमा दयाहाङ राई, सिताराम कट्टेल ‘धुर्मुस’, बुद्धि तमाङको पनि मुख्य भूमिकामा छन् ।

‘सुविहानी फिल्मस्’को व्यानारमा धुर्मुस-सुन्तलीले निर्माण गरेको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । दीपक आचार्य र कुमार कट्टेलले लेखेको फिल्ममा डिन्डु लामा ह्योल्मोको लगानी रहेको छ । यसमा फूर्पा लामा सह-निर्माताको रुपमा छिन् । शैलेन्‍द्र डि कार्कीले खिचेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् । फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको आम्दानीबाट ५० प्रतिशत नाफा चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्