फिल्म । अभिनेता राजेश हमालले फिल्ममा काम गर्ने भएका छन् । केही समय यता विज्ञापन र म्युजिक भिडियोसँगै स्टेज कार्यक्रममा व्यस्त देखिएका अभिनेता हमाल पाँच वर्षपछि फिल्ममा फर्किन लागेका हुन् । ‘सीता’ नामक फिल्मपछि सानो पर्दामा रमाईरहेका अभिनेता हमालले सामाजिक सञ्जालमा आफ्नो ‘कमब्याक’ कन्फर्म गरेका छन् ।
निर्माता तथा निर्देशक दिवाकर भट्टराई र अभिनेता हमालबीच आइतबार बेलुका लिखित सहमति भएको छ । सहमतिको जानकारी दिँदै हमालले लेखेका छन्,‘लामो अन्योलतापछि दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्रमा काम गर्दैछु ।’ फिल्मको शीर्षक तय भैसकेको छैन । सामाजिक कथामा आधारित हुने यो फिल्मलाई एक्सनप्रधान बनाउने तयारी छ । फिल्ममा हमालको शीर्ष भूमिका हुने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्










