प्रभास र दीपिकाले गरे अमिताभलाई स्वागत

फिल्म । साउथ इन्डियन फिल्मका ठुला स्टार प्रभास र बलिउडकी दीपिका पादुकोणको अभिनय रहने भनिएको फिल्ममा अमिताभ बच्चनको पनि अभिनय रहने छ । निर्माण पक्षले एक भिडियो सार्वजनिक गर्दै फिल्ममा अमिताभ रहने जानकारी सार्वजनिक गरेका हुन् । फिल्मका अभिनेता प्रभासले भारतको ठुलो फिल्म बलिउडका ठुला स्टार अमिताभ बिना कसरी पुरा हुनसक्छ र ? भन्दै स्वागत गरेका छन् ।

यस्तै निर्देशक नाग आश्विनले अमिताभसँग जोडिन पाउनु सौभाग्य रहेको जनाउदै प्राप्त समयको सहि सदुपयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । फिल्ममा तेस्रो विश्वयुद्धको सेरोफेरोमा तयार पारिने बुझिएको छ । साइन्स फिक्सन फिल्मलाई लिएर प्रभाससँगै दीपिका पनि उत्तिकै उत्साहित छिन् ।

यो प्रभाषले अभिनय गर्न लागेको २१ औं फिल्म हो । बलिउडकी सुपरस्टार नायिका दीपिका पादुकोण र साउथका सुपरस्टार प्रभाषसँगै अमिताभ पनि एकसाथ पर्दामा देखिन लागेपछि फ्यानको उत्साह पनि बढेको छ । फिल्मलाई सन् २०२२ मा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । हिन्दी, तमिल र तेलुगु भाषामा फिल्मलाई दर्शकले हेर्न पाउनेछन् ।

(एजेन्सी)

कमेन्ट गर्नुहोस्