मास पपुलर अवार्ड ‘कृ’ बाट अभिनेता अनमोल केसी र ‘ए मेरो हजुर २’ बाट अभिनेत्री साम्राज्ञी आरएल शाहले हात पारे । यसैगरी सुर्य अवार्ड ‘शत्रुगते’ बाट उत्कृष्ट निर्देशकको अवार्ड प्रदिप भट्टराईले हत्याउँदा उत्कृष्ट फिल्मको अवार्ड ‘छक्का पञ्जा २’ को पोल्टामा गयो । यसैगरी पप गायन तर्फ गायकमा जाउला रेलैबाट कमल खत्री र मोहनीबाट इन्दिरा जोशीले गायिकाको अवार्ड उचालिन । यसैगरी आधुनिक गायनतर्फ राजेश पायल राइले कि यति धेरै गीतबाट आवार्द जित्न सफल भए भने गायिका तर्फ मेलिना राईले गाउकी छोरीबाट अवार्ड उचालिन ।
यसैगरि लोक विधा तर्फ राम्रो नि छैन म बोलको गीतबाट रामजी खांडले अवार्ड उचाले भने गायिका तर्फ सम्झना मगरले सरर बोलको गीत मार्फत आफुलाई सर्वोत्कृष्ट बनाइन । अवार्ड समारोहमा बरिष्ठ हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई लाइफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । भुवन केसीलाई सुर्य कलाकरिता सम्मान प्रदान गरिँदा सामिप्यराज तिमल्सिना ‘सुर्य चलचित्र पत्रकारिता’ र श्रीधर पौडेल ‘फोटो पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत र सम्मानित भएका थिए । पुरस्कृत तिमिल्सिनालाई नगर्द २५ हजार र पौडेललाई नगद १५ हजार प्रदान गरिएको थियो ।
कमेन्ट गर्नुहोस्







