जापानमा पल र पुजा सर्वोत्कृष्ट (सुर्य अवार्ड )

जयहोस् ।’सुर्य इन्टरनेशनल अवार्ड’ संसारको सबैभन्दा महँगो शहर भनिएको जापानको टोकियोमा आइतवार साँझ सम्पन्न भएको छ । काठमाण्डौबाट ६० को हारिहारीमा पुगेका कलाकर्मीको उपस्थितिमा सम्पन्न अवार्डमा पल शाह र पुजा शर्मा सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री घोषित भएका छन् । यी दुई नै फिल्म ‘म यस्तो गीत गाउछु’ बाट सर्वोत्कृष्ट घोषित भएका हुन् । १२ विधा र​ मास​ प​पुल​र​ ४ विधामा बाँडिएको अवार्डमा यही फिल्मबाट सुदर्शन थापाले उत्कृष्ट निर्देशकको अवार्ड उचाले । यो फिल्म नै उत्कृष्ट घोषित भयो । सह-अभिनेतातर्फ फिल्म ‘ऐश्वर्य’ बाट प्रशान्त ताम्राकार र सह-अभिनेत्रीतर्फ बर्षा राउतले ‘छक्का पञ्जा २’ बाट बाजी मारिन् । मास​ प​पुल​र​ अवार्ड ‘कृ’ बाट अभिनेता अनमोल केसी र ‘ए मेरो हजुर २’ बाट अभिनेत्री साम्राज्ञी आरएल शाहले हात पारे । यसैगरी सुर्य अवार्ड ‘शत्रुगते’ बाट उत्कृष्ट निर्देशकको अवार्ड प्र​दिप​ भ​ट्ट​राईले हत्याउँदा उत्कृष्ट फिल्मको अवार्ड ‘छक्का पञ्जा २’ को पोल्टामा गयो । यसैगरी पप गायन तर्फ गायकमा जाउला रेलैबाट कमल खत्री र मोहनीबाट इन्दिरा जोशीले गायिकाको अवार्ड उचालिन । यसैगरी आधुनिक गायनतर्फ राजेश पायल राइले कि यति धेरै गीतबाट आवार्द जित्न सफल भए भने गायिका तर्फ मेलिना राईले गाउकी छोरीबाट अवार्ड उचालिन । यसैगरि लोक विधा तर्फ राम्रो नि छैन म बोलको गीतबाट रामजी खांडले अवार्ड उचाले भने गायिका तर्फ सम्झना मगरले सरर बोलको गीत मार्फत आफुलाई सर्वोत्कृष्ट बनाइन । अवार्ड समारोहमा बरिष्ठ हाँस्य​ अभिनेत्री ब​सुन्ध​रा भुषाल​लाई लाइफ​टाईम​ अचिभ​मेन्ट​ अवार्ड प्रदान गरिएको थियो । भुव​न​ केसीलाई सुर्य​ कलाकरिता सम्मान प्रदान गरिँदा सामिप्यराज तिमल्सिना ‘सुर्य​ च​ल​चित्र​ प​त्र​कारिता’ र श्रीधर पौडेल ‘फोटो प​त्र​कारिता पुरस्कार’ बाट पुरस्कृत र सम्मानित भएका थिए । पुरस्कृत तिमिल्सिनालाई नगर्द २५ हजार र पौडेललाई नगद १५ हजार प्रदान गरिएको थियो ।
कमेन्ट गर्नुहोस्