एकलव्यको ‘पूर्वै चल्न्या रेल…’ सार्वजनिक (भिडियो)

355 Shares

फिल्म । आउँदो साउन १० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘एकलव्य’ को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक लोक फ्लेवरको ‘पूर्वै चल्न्या रेल…’ बोलको गीतमा रामचन्द्र काफ्ले र जुनु रिजालले स्वर भरेका छन् भने राजेन्द्र बजगाईंको शब्द तथा संगीत छ । गीतमा फिल्मका अभिनेता सोनाम थापा मगर र मोडल सन्ध्या भट्टराईले ठुम्का लगाएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा सय बढी कोरसले सोनाम र सन्ध्यालाई साथ दिएका छन् । दर्जन बढी फिल्ममा सहायक निर्देशक भएर काम गरेका अनमोल शर्माले यसलाई निर्देशन गरेका हुन् ।

पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्ममा सोनामसँगै ओसिन भट्टराई, महिला सिलवाल, पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको अभिनय रहेको छ । ‘एकलव्य’ लाई राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगरले निर्माण गरेका हुन् । कविराजसँगै रामजी लामिछानेको पनि फिल्मका गीतमा कोरियोग्राफी छ ।

राजेन्द्र बजगाईंको गीत तथा संगीत, भोजराज देवकोटाको पटकथा तथा संवाद, कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । फिल्मलाई लिएर नव-अभिनेता सोनाम निकै उत्साहित छन् । उनी फिल्मले दर्शकलाई निराश नबनाउने दाबी गर्छन् । निर्देशक अनमोल फिल्मलाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखेको बताउँछन् ।

Facebook Comments