संगीत । पछिल्लो समय पार्श्व गायनमा सर्वाधिक खोजिने गायक सुगम पोखरेलले नयाँ गीत कर्णाली सार्वजनिक गरेका छन् । गीतमा सुगम आफै फिचर्ड छन् भने उनले कर्णाली घुमघाम र कन्सर्टका दृश्यलाई समावेश गरेर भिडियो तयार गरेका छन् । गीतमा सुगमकै शब्द र संगीत रहेको छ । गीतलाई सर्वदेव सिग्देलले छायाँकन गरेका हुन् भने यसलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।
गीतमा कर्णाली क्षेत्रका सौन्दर्यको वर्णन गरिएको छ । पछिल्लो समय सुगमको खोजि स्टेज शो र पार्श्वगायनमा उत्तिकै हुने गरेको छ । फिल्मका अधिकांस लभ नम्बरमा गायनका लागि सुगमको खोजि हुने गर्छ ।
कमेन्ट गर्नुहोस्










