मार्चमै ‘आरआरआर’

फिल्म । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण कम हुन् थालेपछि फिल्म रिलिज हुने चर्चा पनि बढ्दो छ । कोरोना भाइरसकै कारण रिलिज रोकिएका फिल्महरु छिटो भन्दा छिटो दर्शक समक्ष पुग्न चाहन्छन । फिल्मको विषयवस्तुमा ओटीटीमा आइरहेका कन्टेनले असर गर्ने डरसँगै कथा बाहिरिने डरले गर्दा पनि रिलिज रोकिएका फिल्महरु सक्दो छिटो दर्शक समक्ष पुग्न आतुर छन् ।

कोरोना भाइरसको महामारीका कारण रिलिज रोकिएको फिल्ममा अगाडी आउने नाममा छ , आरआरआर । लागत ४ सय करोड बढी भएको कारण पनि आरआरआरले मार्च १८ र अप्रिल २८ को डेट बुक गरेको थियो । यद्दपी फिल्म मार्च २५ मा रिलिज हुने भएको छ । निर्देशक एसएस राजमौलीले ‘बाहुबली’ सिरिज पश्चात निर्देशन गरेको मात्र नभई साउथका दुइ स्टार जुनिएर एन्टीआर र राम चरणको अभिनय रहेकाले पनि यो प्रतिक्षित छ । यसमा बलिउडका कलाकारहरु अजय देवगन र आलिया भट्ट पनि छिन् । यसैले गर्दा यो प्रतिक्षित फिल्म बिग बजेटको फिल्म बनेको छ ।

यसको रिलिज जनवरी ७ मा गर्ने भनिएता पनि कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको बढ्दो त्रासका कारण रोकियो । यद्दपी कोरोना भाइरस विस्तारै नियन्त्रणमा आउने भएपछि फिल्म युनिटले मार्च २५ मा दर्शक समक्ष पुग्ने निश्चित गरेको हो । बहुबालीपछि दर्शक माँझ आउन लागेका निर्देशक राजमौलीबाट धेरै अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्