‘छड्के बुलाकी’ मा जुनासंग बले (भिडियो)

संगीत । पछिल्लो समय कोरोना संक्रमणले गर्दा अन्य क्षेत्र झैँ मनोरंजन क्षेत्र पनि ठप्प छ । गतिविधि शुन्य भएपनि म्युजिक भिडियो भने रिलिज भइरहेका छन् । यतिबेला मनोरंजनको विकल्प नै डिजिटल स्ट्रिमिङ साइट र युट्युब बनेको छ । गीतसंगीत पनि युट्युबमा सार्वजनिक हुने क्रम बढ्दो नै छ ।

गायक रन लामाको आवाजमा ‘छड्के बुलाकी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतको भिडियोमा सागर लम्साल ‘बले’, जुना सुन्दास र सन्जिव राइको मोडलिङ गरेका छन् । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी, सिलन लम्सालको सम्पादन, अनील के मानन्धरको छायांकनछ । भिडियोको निर्देशन सर्जुन राइले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्