चर्चा बटुल्दै ‘माया हो माया’

सङ्गीत। लोक गीतसङ्गीतका पारखीलाई लक्षित गर्दै प्रदीप त्रिपाठी र शान्तिश्री परियारको स्वरमा रहेको ‘हाँसेर बोले नि माया हो माया’ बोल रहेको नयाँ दोहोरी गीत सार्वजनिक गरिएको छ। गत विहिबार सार्वजनिक गरिएको दोहोरी गीतमा दोहोरो अर्थ लाग्ने संवाद प्रयोग गरिएको छैन।

प्रकाश पराजुलीको शब्द रहेको गीतमा प्रदीप र शान्तिश्रीको स्वर मिठासपूर्ण छ । आशिरप्रताप जंगको निर्देशनमा तयार भिडियोमा समीर न्यौपाने र अनु पराजुलीको अभिनय रहेको छ । यी दुईको जोडी भिडियोमा सुन्दर देखिएको प्रतिक्रिया दर्शकले सामाजिक सञ्जालमार्फत दिएका छन्।

कमेन्ट गर्नुहोस्