साम्तेनको नयाँ फिल्म ‘च च हुई’

5 Shares

फिल्म । डेब्यु फिल्म ‘लेटर’ मार्फत नै दर्शक माँझ नोटिस भएका निर्देशक साम्तेन भुटियाले त्यसपछी तान्द्रो ,अनागत , सुस्केरा र साढे सात निर्देशन गरिसकेका छन् । हरेक फिल्ममा कथावस्तु फरक भएता पनि उनले उस्तै प्रकृतिको फिल्म निर्देशन गरिरहेको आरोप उनलाई यदाकदा लाग्ने गरेको छ । कमर्सियल फिल्म बनाउनु पर्ने सल्लाह पाइरहेका साम्तेनले नयाँ फिल्म ‘च च हुई’ मा त्यस्तै गरेकाछन् । हिमाली भेगमा छायाँकन हुने फिल्मको शुटिङ युनिट त्यसतर्फ प्रस्थान गरिसकेको छ । कमेडी जनरको फिल्ममा आर्यन सिग्देल अभिनेताको रुपमा छन् ।

‘यसपटक कमर्सियल फिल्मको जमर्को गरेको छु’ साम्तेन भन्छन् ‘फिल्म मार्फत दर्शकलाई भरपुर मनोरंजन दिलाउने प्रयास रहनेछ ।’ एजीएम इन्टरटेनमेन्टको ब्यानरमा फिल्मलाई अमृत घले लामाले निर्माण गर्नेछन् । फिल्ममा पछिल्लो समयका चर्चित संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहनेछ । रोशनको संगीत रहेका गीतहरुमा लुटको उध्रेको चोली र जात्राको नोट नोटले चर्चा पाएका थिए ।

Facebook Comments