महोत्सवमा चर्चा कमाएको ‘राजागञ्ज’ हलमा कस्तो होला ?

फिल्म । ‘हाइवे’ ,‘सेतो सुर्य’ जस्ता फिल्म निर्देशन गर्ने विश्वभरका फिल्म सम्बन्धी आयोजना हुने महोत्सवमा सहभागिता जनाउन सफल भएका निर्देशक दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ आगामी चैत १ गतेबाट नेपालमा प्रदर्शन हुँदैछ। भेनिस, बुसान र मुम्बई लगायतका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘पूजा, सर’ नामबाट सहभागी भएको यो फिल्म नेपाल पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले प्रदर्शन घोषणा गरेको छ ।

नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथालाई फिल्ममा प्रस्तुत गरिएको निर्माता मध्येका एक रामबाबु गुरुङले जानकारी दिए । फिल्ममा आशा मगराती, पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई, नीरज श्रेष्ठ लगायतका कलाकारले अभिनय रहेको छ ।

विश्व प्रसिद्ध महोत्सवमा आफूलाई अब्बल सावित गरिरहेको फिल्मले घरेलु बक्सअफिसमा कस्तो व्यापार गर्छ यो भने प्रतीक्षाको विषय रहेको छ । यसै वर्ष प्रदर्शन भएको मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ ले नेपालको प्रतिनिधित्व गर्दै अस्कर अवार्डसम्म पुगेता पनि घरेलु बक्सअफिसमा भने सफल हुन् सकेन । विगतका केही वर्ष कलात्मक फिल्मको तुलनामा मनोरन्जनात्मक नै दर्शकको रोजाईमा परिरहेका छन् । त्यसकारण पनि ‘राजागञ्ज’ ले गर्ने व्यापारले महत्वपूर्ण अर्थराख्न सक्छ ।

कमेन्ट गर्नुहोस्