साउथ एसियन फिल्म फेस्टिबलमा ‘बुलबुल’ छनौट

फिल्म । नेपालमा प्रदर्शनसँगै विभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा आफुलाई अब्बल सावित गर्दै आएको फिल्म ‘बुलबुल’ साउथ एसियन फिल्म फेस्टिबल’मा छनोट भएको छ । प्रतिष्ठित फिल्म फेष्टिबल मध्यको एक साउथ एसियन फिल्म फेस्टिबल’का लागि विनोद पौडेल निर्देशित फिल्म छनोट भएको हो ।

जनवरी २८ देखि फेब्रुअरी २ सम्म चल्ने फेष्टिबल फ्रान्सको पेरिसमा हुने छ । आयोजकले फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाई बोलाएको छ । निर्देशक पौडेलका अनुसार स्वस्तिमा र उनि फेस्टिबलमा सहभागी हुनेछन् । यस फेस्टिबलमा यस अघि मीन भामको ‘कालो पोथी’ र दीपक रौनियारको ‘ह्वाइट सन’ पनि छनोट भएका थिए ।

साउथ अफ्रिकाको ट्युनिसियामा हुने कथाज फिल्म फेष्टिवलको एसियन सेक्सनमा ‘बुलबुल’ले तीन वटा स्क्रिनिङ पाएको छ । यस्तै गुहाटी फिल्म फेष्टिबलमा पनि भर्खरै ‘बुलबुल’ स्क्रिनिङ भएको थियो । फिमेल प्रोटागोनिष्ट फिल्म ‘बुलबुल’ श्रीमान् विदेशमा रहेकी श्रीमतीले सहरमा विरामी बुढो ससुरा बुवा र छोरीलाई पालेर बस्ने महिलाको इमोस्नल क्राइसिसको कथा हो ।

कमेन्ट गर्नुहोस्