‘के घर के डेरा’ को टिजर सार्वजनिक (भिडियो)

फिल्म । तिहारलाई लक्षित गर्दै कार्तिक ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘के घर के डेरा’ को टिजर सार्वजनिक भएको छ । दयाहाङ राई र विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्मको सार्वजनिक टिजर यी दुईमै केन्द्रीत छ । दुवै अभिनेतालाई सुरक्षा पन्त र वर्षा राउतले साथ दिएका छन् ।

दीपेन्द्र के खनालले निर्देशन गरेको फिल्ममा रविन्द्र झा, आशान्त शर्मा, लक्ष्मी गिरी, सरोज खनाल, भोला सापकोटा, कोशिस क्षेत्री आदि कलाकारको पनि अभिनय रहेको छ । फिल्मलाई महेश दवाडीले लेखेका हुन् भने फिल्मको कथा सिंगे लामाको हो । फिल्मको छायांकन दीर्घ गुरुङले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्