‘वोर्न टू डान्स’ बन्ने

फिल्म । ‘पासवर्ड’ फिल्मको निर्माण गर्दै प्रोडक्सनमा आएको एवी इन्टरनेशनलले डान्स बेस्ड फिल्म बनाउने भएको छ । ‘वोर्न टू डान्स’ नाम राखिएको फिल्मलाई अमन तामाङले निर्देशन गर्दैछन् । यसको घोषणा निर्माण पक्षले सामाजिक सञ्जाल मार्फत गरेका छन् । फिल्मलाई अमित बस्नेत, अजित केआर थापा र परी रानाले निर्माण गर्नेछन् । फिल्म वास्तविक कथामा निर्माण हुने बताइएको छ भने यो आउँदो वर्ष प्रदर्शनमा आउने छ ।

निर्माता अमितले फिल्म ‘वोर्न टू डान्स’ मा विगत ५ वर्ष देखिको तयारी भनेका छन् । नेपाल, अमेरिका र क्यानडामा छायांकन हुने यो फिल्म बलिउडमा बन्ने गरेका डान्समा आधारित फिल्मभन्दा फरक हुने निर्देशक अमनले जानकारी दिएका छन् । फिल्म वितरणमा समेत हात हालेको एवी इन्टरनेशनलले अब वर्षेनी फिल्म निर्माण गर्दैछ । अहिले यो कम्पनीले हिन्दी फिल्म ‘लैला मञ्जु’ निर्माण गरिरहेको छ । यसमा लुलिया भन्तुर, महेश मंजेकर, जिम्मी शेर्गिल, जेसी लिभरलगायतका भारतीय कलाकारको अभिनय छ । योसँगै एवी इन्टरनेशनलले निर्माण गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ आउँदो वर्षमा तिजमा प्रदर्शन हुँदैछ ।

कमेन्ट गर्नुहोस्