राजेशको स्वरमा ‘रङ्गियो रे सिउँदो’ (भिडियो)

संगीत । गायक राजेश पायल राईको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सर्जुन राईको संगीत रहेको ‘रङ्गियो रे सिउँदो’ बोलकोे गीतलाई राजेन्द्र राईले लेखेका हुन् । केहि समयको अन्तरालमा राजेशको रिलिज भएको यस गीतको भिडियोमा मित्रता , माया र बिछोडलाई चित्रण गरिएको छ । गीतमा मिरुना मगर , रुपेश चाम्लिङ र सञ्चारकर्मी विश्व लिम्बुको अभिनय रहेको छ । भिडियोमा अनिल के मानन्धरको छायाँकन , शिलन लम्सालको सम्पादन र सर्जुन राईको निर्देशन रहेको छ ।

कमेन्ट गर्नुहोस्