सलिमले दिए ‘लभ यात्री’ लाई यस्तो प्रतिक्रिया !

जयहोस् । शुक्रबार बलिउडमा रिलिज भएको फिल्म मध्यको एक हो ‘लभ यात्री’ । सलमान खानको ज्वाई आयुष शर्माको अभिनय रहेकोले पनि फिल्मको प्रतिक्रिया कस्तो आउछ भन्ने जिज्ञाषा सबैमा छ । फिल्म सलमानले नै निर्माण गरेका हुन् तर पनि उनले फिल्म भने हेर्न पाएका थिएनन् । ‘स्पेसल स्क्रिनीङ’ फिल्म हेरेपछि सलमानले आफ्नो प्रतिक्रिया दिईसकेका छन् । सलमानको प्रतिक्रियाको चर्चा चलिरहदा उनका पिता सलिम खानले पनि फिल्म बारे टिप्पणी गरेका छन् । स्क्रिप्ट राइटर समेत रहेका सलिमले फिल्मलाइ रुचाएका छन् । फिल्म हेरिसकेपछी उनले भारतीय मिडियालाई प्रतिक्रिया दिदै भने ‘यसप्रकारको फिल्म ८० को दशकमा हेर्न पाइन्थ्यो ।’ उनले फिल्मलाई सरल प्रेम कथा रहेको बताएका छन् । उनले ज्वाई भन्दा पनि यसकिसिमको रोलको लागि सलमानलाई सुहाउने समेत बताए । फिल्ममा आयुषको अपोजिटमा वरिना हुसैनको अभिनय रहेको छ । एजेन्सी
कमेन्ट गर्नुहोस्