अभिनयमा पुनः सक्रिय रेखा

फिल्म । केही समयको विश्राम पश्चात अभिनेत्री रेखा थापा पुनः फिल्म निर्माण र अभिनयमा सक्रिय भएकी छिन् । राजनीति र घर गृहस्थीमा व्यस्त भएकी रेखाले हालै आफू निर्मित तथा अभिनित फिल्म ‘उपहार’ को गीत सार्वजनिक गरेकी छिन् । उनले आउँदो समयमा यति लामो ब्रेक नहुने समेत बताइन ।

‘मैले विभिन्न ठाउँमा सुन्ने प्रश्ननै तपाईलाई पर्दामा नदेखिएको धेरै भयो, नयाँ फिल्म कहिले हेर्न पाइन्छ ? भन्ने हो । त्यसैले पनि आउँदो समयमा ब्रेक लामो हुदैन’, अभिनेत्री थापाले भनिन् । उनले फिल्ममा तीन अभिनेत्रीलाई हिरोको रुपमा प्रस्तुत गरिएको समेत जानकारी दिईन् ।

फिल्ममा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिषा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन,विनोद कुमार पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशक ज्ञानेन्द्र देउजाले फिल्म पूर्ण रुपमा मनोरन्जनात्मक बनेको बताए । उनले अभिनेत्री थापासँग धेरै वर्ष अगाडिदेखि काम गरिरहेको स्मरण गर्दै फिल्ममा तीन अभिनेत्रीलाई हिरोकै रुपमा प्रस्तुत गरिएको बताए । रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको फिल्म वितरण काठमाडौँ उपत्यकामा करण श्रेष्ठ र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।

कमेन्ट गर्नुहोस्