सौगातकी मात्र हिरोइन ?

फिल्म । सन् २०१२ कि मिस नेपाल हुन् , सृष्टी श्रेष्ठ । उनले मिस नेपाल भएको झन्डै ४ वर्षपछी अनमोल केसीसँग जोडी बाँध्दै फिल्म ‘गाजलु’ मार्फत फिल्मी जगतमा पाइला टेकिन । डेब्यु फिल्ममा उनको राम्रो चर्चा भयो । किनकी उनको ‘इनोसेन्ट’ क्यारेक्टरलाई दर्शकले रुचाए । त्यसपछि उनले नरेश कुमार केसी निर्देशित फिल्म ‘रोमियो एण्ड मुना’ मार्फत पनि अभिनयमा तारिफ नै बटुलिन । यद्दपी त्यसपछि उनको प्रेमले उनलाई चर्चामा ल्यायो । सृष्टीलाई अभिनेता सौगात मल्लको प्रेमिका मात्र नभई हिरोइनको रुपमा पनि चिन्न थालियो ।

किनकी पछिल्लो समय जहाँ सौगात त्यहि सृष्टी छिन् । प्रतिभा भएपनि सौगात विना सृष्टीले फिल्म गर्न सकेकी छैनन् । पछिलो समय फिल्म ‘माइकल अधिकारी’ मा सँगै काम गरिरहेको यो जोडी त्यसपछि ‘सँग सँगै’ मा देखिनेछन् । गलत हो कि सही हो, केही दिनअघि त समाचार नै आएको थियो, निर्माताले सृष्टिलाई लिन अस्वीकार गरेपछि सौगातले पनि फिल्म गर्न मानेनन् ।

किनकी ‘चपली हाइट ३’ पनि यी दुइले एकै साथै ज्वाइन पनि गरे र एकै साथ् छोड्नु पनि पर्यो । यसले गर्दा पनि निर्माता र निर्देशकले सौगात र सृष्टीलाई सँगै अफर गर्ने गरेका छन् । तर, के अब सृष्टि सधैँ सौगातसँग मात्र फिल्म खेल्छिन् ? के सृष्टि सौगातकी हिरोइन हुन मात्र लन्डनदेखि यहाँ आएर बसिरहेकी छिन् ? सृष्टिले यसो फुर्सदमा सोच्ने हो कि ?

कमेन्ट गर्नुहोस्