प्रकाशले भने ‘मेरो गालामा गतिलो चड्कन’

फिल्म । दक्षिण भारतीय फिल्म हुदै भारतीय फिल्म मार्फत लोकप्रिय बनेका अभिनेता प्रकास राजले चुनावमा हारको सामना गर्नु परेको छ । उनले १७ औ लोकसभा चुनावमा बेंगलूरुबाट चुनाव लडेका थिए । तर , उनको योजनालाई जनताले साथ् दिएनन् । अन्तत उनको हार भयो । चुनाव अगाडी एन्टी मोदी भनेर चिनिने प्रकाशले ट्विट गर्दै आफ्नो भावना व्यक्त गरेका छन् ।

उनले यो आफ्नो लागि गतिलो झापड रहेको र आउँदो दिन अझै कठिन रहेको लेखेका छन् । तर , उनले आफ्नो एजेन्डाबाट यता उता नहुने प्रतिबद्धता व्यक्त गर्दै आफ्ना सहयोगीलाई धन्यवाद दिएका छन् । उनले कांग्रेस नेता रिजवान अरशद र बीजेपी नेता पीसी मोहनको विरुद्ध चुनवा लडेका थिए । प्रकाशको फिल्मी करियरको कुरा गर्ने हो भने वान्टेड तथा सिंघम जस्ता फिल्म मार्फत उनलाई बलिउडका दर्शकले पनि चिनिसकेका छन् ।

कमेन्ट गर्नुहोस्