सलमान पुनः असफल

फिल्म । बलिउड अभिनेता सलमान खानको समय हिजोआज ठीकठाक छैन । केही समय देखि उनले अभिनय गरेका फिल्मलाई एक सय करोड क्लबमा पुग्न सकस देखिन थालेको छ । जबकी उनले यो आकडा पहिलो विकेन्डमै पुरा गर्थे । अहिले एक हप्तामा समेत उनले सय करोडको आकडा पार गर्न सकेका छैनन् ।

सलमान अभिनित फिल्म ‘सिकन्दर’ ले भारतीय बक्स अफिसमा कमजोर कमाइ गरिरहेको छ । विश्वभरबाट फिल्मले ५ दिनमा एक सय ४९ करोड २५ लाख भारू र भारतमा मात्रै फिल्मले ९० करोड २५ लाख भारू व्यापार गरेको भारतीय मिडियामा उल्लेख छ । भारतीय मिडियाका अनुसार फिल्मले पहिलो दिन २६ करोड, दोस्रो दिन २९ करोड, तेस्रो दिन १९ करोड ५० लाख, चौथो दिन ९ करोड ७५ लाख र ६ करोड भारूको व्यापार गरेको छ ।

इदको अवसर पारेर सार्वजनिक गरिएको फिल्मले राम्रो कमाइ गर्ने फिल्मकर्मीको आशा थियो । तर फिल्मले नकरात्मक प्रतिक्रिया पाएसँगै भारतका विभिन्न ठाउँमा शो समेत रद्ध गरिएको छ । एआर मुरुगादास निर्देशित फिल्ममा रश्मिका मन्दना, काजल अग्रवाल लगायतको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्