संगीत । नेपाली रजतपटमा फिल्म ‘दर्पण छायाँ २’ मार्फत अभिनयमा उदाएका फिरोज तिमल्सिनाले गायनमा पाइला टेकेका छन् । नेपाल आइडल र द भ्वाइस अफ नेपालको पहिलो सिजनमा समेत काम गरेका फिरोजले ‘यो कस्तो खुशी’ बोलको गीत सार्वजनिक गरेका हुन् । आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा शब्द मिलन पोखरेल र संगीत प्रकाश नेपालीको रहेको छ ।
पछिल्लो समय संयुक्त राज्य अमेरिकामा अध्यनको शिलशिलामा रहेका फिरोजले गायनलाई निरन्तरता दिने बताए । गीतमा मायाको भाव व्यक्त गरिएको छ । दुरीसँग जोडिएको भावनालाई गीतमा प्रस्तुत गरिएको छ । युट्युब गीतको भिडियो सार्वजनिक गरिएको छैन ।
कमेन्ट गर्नुहोस्











