रोमान्टिक अवतारमा प्रभास र श्रद्धा

फिल्म । ‘बाहुबली’ सेरिज मार्फत चर्चामा रहेका एक्टर प्रभास अभिनित नेक्स्ट फिल्म ‘साहो’ को सेटबाट केहि तस्वीर सार्वजनिक भएको छ । निकै समय दिएर छायाँकन भईरहेको फिल्मको प्रभासको जोडी बनेकी छिन् , श्रद्धा कपुर । यी दुइको रोमान्स हेर्नलाई दर्शक आतुर भएता पनि निर्माण पक्षले तस्वीर समेत सार्वजनिक गरेको छैन । तर , सेटबाट यी दुइको रोमान्टिक अवतारको तस्वीर भने लिक भएको छ । सार्वजनिक तस्वीरमा साहो जोडी रोमान्टिक अवतारमा छन् ।

स्पाइ थ्रिलर फिल्मको एक्सनलाई केनी बेट्सले निर्देशन गरिरहेका छन् । मिसन इम्पोसिबल र ट्रान्सफर्मर जस्ता हलिउड फिल्म मात्र होइन केनीले साउथकै ‘२.०’ को एक्सन पनि कोरियोग्राफ गरिसकेका छन् । प्रभास भएकै कारण फिल्म प्रतिक्षित बनिरहेको छ भने यसमा बलिउडका अन्य कलाकार पनि छन् । सुजीथको निर्देशनमा तयार भईरहेको फिल्म सन् २०१९ को अगस्त १५ मा प्रदर्शन हुदैछ । यो फिल्म साउथको तमिल र तेलगुसंगै हिन्दि भाषामा पनि रिलिज हुनेछ । यसैले गर्दा पनि फिल्मको चर्चा बढ्दो छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्