‘डिएसए स्टार २०२५’ सिजन -१८ सम्पन्न

सङ्गीत । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर, जमलमा आयोजित ‘डिएसए स्टार २०२५’ सिजन-१८ को फिनालेमा विभिन्न विधामा बालबालिकाहरू विजेता बनेका छन् । फिनालेमा ‘मिनी डान्सिङ स्टार’ तर्फ सुरिधी पुडासैनी विजेता भइन् । तेजस्वी जोरा फस्ट रनरअप, सुजयना गहतराज सेकेन्ड रनरअप, अपिल पन्त थर्ड रनरअप, विपास्ना ढुंगाना फोर्थ रनरअप, हिमांशी श्रेष्ठ फिफ्थ रनरअप र यशोदा राउत सिक्स्थ रनरअप बने ।

‘जुनियर डान्सिङ स्टार’ तर्फ प्रिज्मा सापकोटाले शीर्ष उपाधि जितिन् । काव्या पौडेल फस्ट रनरअप, अभिश्री तामाङ सेकेन्ड रनरअप, लिओना आले मगर थर्ड रनरअप, निभन्या प्याकुरेल फोर्थ रनरअप, आरजु श्रेष्ठ फिफ्थ रनरअप, प्रनिशा पन्त सिक्स्थ रनरअप, अनन्या चन्द सेभेन्थ रनरअप र आराध्या घिमिरे एट्थ रनरअप बने ।

त्यस्तै ‘प्री–टिन डान्सिङ स्टार’ तर्फ अभियान गिरी विजेता भए । प्रियांशी सापकोटा फस्ट रनरअप, सोफी चापागाईं सेकेन्ड रनरअप, स्मृति अधिकारी थर्ड रनरअप, आरुषी घले फोर्थ रनरअप, पासाङ तामाङ फिफ्थ रनरअप, अनन्या घले सिक्स्थ रनरअप, योजन रेग्मी सेभेन्थ रनरअप र रज्जा सापकोटा एट्थ रनरअप बने ।

‘जुनियर सिङ्गिङ स्टार’ तर्फ विमर्शराज थापाले शीर्ष उपाधि चुमे । आश्ना खत्री फस्ट रनरअप, अन्श आचार्य सेकेन्ड रनरअप र अदिती खड्का थर्ड रनरअप भए । यस्तै ‘प्री–टिन सिङ्गिङ स्टार’ तर्फ आयुष पौडेल विजेता बने । सगिष्ता राना मगर फस्ट रनरअप, सोनिया सिन्जाली सेकेन्ड रनरअप र सम्पदा उप्रेती थर्ड रनरअप भए । ‘एक्टिङ स्टार’ तर्फ आरोहण रिजालले शीर्ष उपाधि जिते । सियोना अर्याल फस्ट रनरअप, निलग्रिभ खतिवडा सेकेन्ड रनरअप र अनामिका रिजाल थर्ड रनरअप बने ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी एक सय जना बालबालिकाले वसुन्धरास्थित साउथ वेस्टर्न स्कुलमा एक महिनासम्म नृत्य, गायन र अभिनयलगायतका विधामा प्रशिक्षण लिएका थिए । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको निर्णायकमा गायक सपन श्रेष्ठ, कलाकार विनोद श्रेष्ठ र कोरोना स्कुलकी संस्थापक प्रिन्सिपल देविना श्रेष्ठ महर्जन रहेका थिए । कार्यक्रममा गायक रोज मोक्तानलाई ‘राष्ट्रिय स्रष्टा सम्मान २०८२’ बाट सम्मान गरिएको थियो ।

हर्लिक्स नेपालको प्रमुख प्रायोजन र नेपाल टेलिकम टेलिकम पार्टनर रहेको प्रतियोगितामा नेपाल वायु सेवा निगमको सहयोग थियो । परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत सोनिया जीआरले विजेताहरूले म्युजिक भिडियोमा अभिनय गर्ने अवसरका साथै सन् २०२७ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउने जानकारी दिइन् । हाउसका निर्देशक राज बराइलीले बालबालिकाका प्रतिभालाई उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धाको अवसर सिर्जना गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।

कमेन्ट गर्नुहोस्