फिल्म । सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मनसँग मन’को भ्यालेन्टाइन डेलाई लक्षित गर्दै प्रदर्शन मिति तय गरिएको छ । कैलाश राईको निर्देशनमा तयार भएको फिल्मको नयाँ वर्ष सन् २०२३ को अवसर पारेर माघ २७ गते रिलिज घोषणा गरिएको छ । पुष्प खड्का, वर्षा सिवाकोटी, रविन्द्र झा, बुद्दि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्ते दाको अभिनयरहेको फिल्ममा पल शाह र पूजा शर्माको पनि विशेष भूमिका छ ।
अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन रहेको फिल्म लभ स्टोरी जनरामा निर्माण गरिएको छ । फिल्मको वितरण उपत्यकामा जिजिए ग्रुप र डिसीएन तथा मोफसलमा एफडी कम्पनिले गर्दैछ। वितरक करण श्रेष्ठले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै प्रेमकथामा आधारित फिल्मको रिलिज तय गरिएको जानकारी दिए ।


