तिहारका फिल्ममा ‘वरिष्ठ बलराम’ अगाडि

फिल्म । चलचित्र विकास बोर्डले प्रदर्शनरत फिल्महरूको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ । बोर्डको ‘सिनेपा @ बक्सअफिस’ को तथ्यांकअनुसार ‘वरिष्ठ बलराम’ले पछिल्लो शनिबारसम्म २ करोड ४८ लाख रुपैयाँ ग्रस कमाएको छ ।

उक्त फिल्मलाई ८२ हजार १ सय १७ जना दर्शकले हेरका छन् । फिल्मले गरेको कमाइ सन्तोषजनक भएता पनि यसको लागत अनुसार सफल वा असफल घोषित हुनेछ ।

तिहारमै प्रदर्शन भएका दुई फिल्म भने असफल भएको छ । ‘मैझारो’ले सोही अवधिसम्म १ करोड ९५ हजार रुपैयाँ र ‘सोल्टिनी’ले २८ लाख ८० हजार रुपैयाँ कमाएको छ । यी दुई फिल्मलाई क्रमशः ३३ हजार ९ सय ४२ र ८ हजार ८ सय ४ जनाले हेरेका छन् ।

कमेन्ट गर्नुहोस्