फिल्म। रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक भएको छ । २ मिनेट २ सेकेण्ड लामो टिजरले पारिवारिक कथाको झल्को दिन्छ । टिजरमा प्राय मुख्य कलाकारहरु प्रस्तुत छन् । विपिन र अरुणा दम्पतिको भूमिकामा देखिएका छन् ।
ब्याकग्राउण्डमा बज्ने सुरिलो संगीतले कथासार भन्ने प्रयास गरेको छ । यसमा विपिन र अरुणासंगै दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने फिल्मलाई उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ । जोश हेरुमको छायांकन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ । फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ । यसोदा फिल्म्सको व्यानरमा निर्माण भएको हो ।










