फिल्मको नाममा हेरफेर

फिल्म । झरना थापा निर्देशित फिल्म ‘भगवत् गीता’को शीर्षक हेरफेर भएको छ । अब यो फिल्मको आधिकारिक टाइटल ‘एक भगवत् गीता’ तय भएको छ । शुक्रबार बिहान टिजर सार्वजनिक गर्ने तयारीमा रहेको निर्माण टिमले शिर्षक हेरफेरबारे जानकारी दिएको छ । यसमा विपिन कार्की, धीरज मगर, सुहाना थापा लगायत मुख्य भूमिकामा छन् ।

बाँकी छायांकन साउन ३ गतेदेखि पोखरामा गर्ने योजनामा रहेको निर्माण टिमले टिजरमार्फत प्रचारप्रसारको प्रारम्भ गरेको छ ।

कमेन्ट गर्नुहोस्