शुभ लभ ट्रेलर : ज्योतिषकै भूमिकामा हरिहर (भिडियो)

फिल्म । चर्चित युवा ज्योतिष हरिहर अधिकारीको डेब्यू फिल्म ‘शुभ लभ’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको ट्रेलरमा क्यारेक्टरको परिचय र फिल्मको कथासार प्रस्तुत गरिएको छ । ट्रेलरमा हरिहर र नव-अभिनेत्री कृष्टिन पौडेलको प्रेममा आउने आरोह-अवरोहलाई देखाइएको छ । ट्रेलरमा हरिहरलाई रोमान्टिक र एक्सन अवतारमा प्रस्तुत गरिएको छ । यसफिल्मलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता श्रीप्रदीप कुमार उदय हुन् ।

फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ भने अभिमन्यु निरवीको पटकथा तथा संवाद छ । हरिहर आफैंले लेखेको कथामा आधारित उक्त फिल्ममा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डे लगायतका कलाकारको पनि अभिनय छ । हरिहर फिल्ममा पनि ज्योतिषकै भूमिकामा छन् । ‘फिल्ममा म ज्योतिषको भूमिकामा भएता पनि कथा भने मेरो जीवनसँग मेल खादैन’ हरिहरले बताए । फिल्ममा रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ । फिल्म आउँदो चैत्र १५ मा रिलिज हुदैछ ।

कमेन्ट गर्नुहोस्