पुर्णिमाको ‘फूल भनौ जीन्दगीलाई’ सार्वजनिक (भिडियो)

जयहोस् । गायिका पूर्णिमा लामाको स्वर रहेको ‘फूल भनौ जीन्दगीलाई’ बोलको गीतको सार्वजनिक भएको छ । केहि महिना अगाडी सार्वजनीक गरिएको अडियोलाई नै रुचाइएपछी यसको भिडियो सार्वजनिक गरिएको हो । अडियोलाई नै युट्युबमा २९ लाख ८२ बढी भ्युज मिलेको छ । भुपेन्द्र बुढाथोकीको शब्द समावेश उक्त गीतमा गोविन्द मधुर आचार्यको संगीत सुन्न सकिन्छ । गीतको एरेन्जर पनि संगीतकार आचार्य नै हुन् । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गीतकार भुपेन्द्र बुढाथोकी र एलिशा राईको अभिनय रहेको छ । राजिव समरको नृत्य निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
कमेन्ट गर्नुहोस्