‘घर हाम्रै कथा हो’ बेनिशा

फिल्म । आउँदो शुक्रबारबाट फिल्म ‘घर’ रिलिज हुँदैछ । फिल्मकी कलाकार मध्यकि एक हुन् बेनिशा हमाल । उनि सार्वजनिक ट्रेलरमा केहि ग्लामर पनि देखिएकी छिन् । नेपालमा सफल नमानिने हरर फिल्ममा लेखन र निर्देशनसँगै अभिनय पनि अर्पण थापाको छ । बेनिशाले यस फिल्मलाई स्वदेशी हरर स्वादको फिल्म भन्न रुचाउछिन् ।

‘यो कथाले कहिँ कतै समाजलाई रिलेट गर्छ त्यसैले यसमा आफ्नोपन पाइन्छ’ उनले भनिन् । उनले अघिल्ला केहि फिल्ममा विदेशी कथालाई समेटिदा कहिँ कतै असफल भएका हुन् कि भन्ने पनि अनुमान लगाइन । ‘फिल्म तर्साउने त भयो नै किनकी हरर हो र त्यो अस्वाभाविक छैन’ उनले भनिन् । नेपाली प्रविधि सुहाउँदो रहेकाले दर्शक कन्भिन्स हुनेमा उनि विश्वस्त छिन् ।

फिल्ममा उनलाई केहि परिवर्तित लुक्समा देख्न सकिन्छ । कपाल पूरै खैरो बनाएकी छन् भने नाकमा सानो आकारको बुलाकी लगाएकी छिन् , ट्रेलरमा उनको लुक्स यस्तै छ । ‘मैले लेखिएको क्यारेक्टरलाई पर्दामा देखाउने कोसिस गरेकी हुँ’ उनले भनिन् । ‘घरमा देखिने बेडसिनले हल पुगेका दर्शकलाई आँखा छोप्न बाध्य बनाउदैन’ ट्रेलर मार्फत चर्चामा रहेको बेडसिनलाई उनले प्रस्ट्याइन ।

उनले कलाकार भएकाले क्यारेक्टर अनुसार प्रस्तुत भएको बताइन । उनले त्यसलाई बेनिशा नभई क्यारेक्टरकै रुपमा हेरिदिन समेत आग्रह गरिन् । शर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा नयाँ घरमा सरेका श्रीमान्-श्रीमतीले भोगेको आत्मासँगको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ । डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको फिल्मलाई निरज कँडेलले फिल्म खिचेका हुन् ।

सुरज पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा अर्पण थापा , सुरक्षा पन्त, अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको पनि प्रमुख भूमिका रहेको छ । मिलन श्रेष्ठले फिल्मको सम्पादन गरेका छन् । सन्तोष अधिकारी यस फिल्मका सह-निर्माताको रुपमा रहेका छन् । सूर्य ठोकरको द्वन्द्व रहेको ‘घर’ लाई रीच इन्टरटेनमेन्ट र एफडि कम्पनीले वितरण गर्दैछन् ।

तस्वीरहरु :आर्यन बिमली

कमेन्ट गर्नुहोस्