‘दिमाग खराब’ सबैले हेर्न पाउने

फिल्म । कात्तिक २४ गते अर्थात् आउँदो शुक्रबारबाट प्रदर्शन हुने ‘दिमाग खराब’ सबैले हेर्न पाउने भएकाछन् । आइतबार केन्द्रीय चल्चोत्र जाँससमिति (सेन्सर बोर्ड) ले फिल्मलाई सबैले हेर्न मिल्ने गरी युनिभर्सस सर्टिफिकेट दिएको छ ।

फिल्मको कथ्य शैली, पात्रको स्वरूप, मेकिङ लगायतमा परिवर्तन ल्याउने फिल्म ‘लूट’ मार्फत निर्देशनमा उदाए निश्चल बस्नेतद्वारा निर्देशित यो चौथो फिल्म हो । निर्देशकसँगै अभिनेता, गायक लगायतका विविध विधामा आफ्नो कौशलता देखाएका बस्नेतले ‘दिमाग खराब’ मार्फत आम मानिसको कथा लिएर आउदैछन् । ‘म आम मानिसकै कथा भन्न रुचाउछु । त्यसैले गर्दा केही ढिलाई भयो होला, तर त्यो तयारीको समय थियो’, निर्देशक बस्नेतले भने,‘मेरो कोसिस रमाइलोसँगै राम्रो फिल्म बनाउने हुन्छ । यसपटक पनि त्यहिँ प्रयास छ ।’

उनले एउटा साधारण मान्छेको जीवनशैली, दायित्व र उतारचढावलाई फिल्मभित्र देखाईएको बताए । यसमा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, सुमन कार्की, विजय बराललगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक बस्नेतको श्रीमतीसमेत रहेकी अभिनेत्री खड्काले फिल्ममा काम गरेसँगै एउटा प्रश्नको अन्त्य भएको बताईन् ।

उनले भनिन्,‘मलाई जहिले निर्देशक बस्नेत (श्रीमान) को फिल्ममा कहिले काम गर्ने ? उहाँले लिनु हुदैन ? भनेर सोधिने प्रश्नको अन्त्य भएको छ । यसपटक आफ्नै श्रीमान निर्देशक हुँदा केही भिन्न महसुश गरेता पनि म निर्देशकले भने अनुरुप नै काम गरेकी छु, यो एउटा कलाकारको दायित्व पनि हो ।’

कात्तिक २४ मा प्रदर्शन तय गरिएको फिल्ममा आकाश बरालले लेखन, सुशन प्रजापतिले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, जयन के बाइबा र बाबुल गिरीले सङ्गीत, राजकुमार उप्रेतीले द्वन्द्व निर्देशन तथा रोहित शाक्यले पार्श्व सङ्गीत सिर्जना गरेका छन् । सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रहेका छन् ।

कमेन्ट गर्नुहोस्