चौथो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुँदै

फिल्म । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण आउँदो वर्ष विसं २०८२ को वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना विगत तीन वर्षदेखि आयोजना भइरहेको महोत्सवले पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पु¥याउने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।

उनले महोत्सवको लागि चलचित्र दर्ता आह्वान गरिएको र वृतचित्र, छोटा चलचित्र, चलचित्र र भाषाभाषीका चलचित्रलाई समावेश गरिने जानकारी दिए । ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा चलचित्र प्रदर्शनीसँगै अन्तरक्रिया, कार्यशाला गोष्ठीहरु गरिने आयोजकले जनाएको छ ।

गोरखाको लाप्राकबाट सुरु गरिएको महोत्सवको दोस्रो शृङ्खला काभ्रे जिल्लाको भकुण्डेबेसीमा र तेश्रो शृङ्खला रामेछापमा आयोजना गरिएको थियो ।

कमेन्ट गर्नुहोस्