शाहरुखको पार्टीमा सलमान

बलिउड । पछिल्लो समय बलिउडका दुई खानको दोस्तीको चर्चा निकै हुने गर्छ , ति हुन् सलमान खान र शाहरुख खान । यी दुई एक अर्कालाई सघाउनपछी हट्दैनन् । पछिल्लो समय शाहरुख सलमानको टिभी शो ‘दशका दम’ को फिनालेमा गेस्ट बनेर पुगेका थिए भने सलमानले उनको फिल्म ‘जिरो’ मा केमियो गरेका छन् । अर्थात् यी दुईले एक अर्कालाई सघाउने मौका छोड्दैनन् ।

फिल्म ‘जिरो’ को ट्रेलर लन्च लगतै शाहरुखले दिपावलीको प्री -पार्टी आयोजना गरेका थिए , जहाँ सलमान पुगे । बलिउडका धेरै हस्ती उक्त पार्टीमा थिए तर सलमान पुग्ने वितिकै रौनकता बढ्यो । कमै अवसरमा यी खानलाई सँगै देख्न पाइन्छ , त्यसैले जहाँ यीसँगै हुन्छन चर्चा सुरु भईहाल्छ । सलमानले पार्टीमा पुगेर शाहरुखलाई शुभकामना दिए , साथै तस्वीर पनि क्लिक गरे । यी दुईको तस्वीर यतिबेला सोसल मिडियामा भाइरल जस्तै भईरहेको छ ।

कमेन्ट गर्नुहोस्