‘बोबी’ हेरेर नर्वे पुग्दैछन राजेश

जयहोस् । गत असारमा रिलिज भएको फिल्म हो ‘बोबी’ । रियल स्टोरी र रियल जोडीको फिल्म भनिएको यसलाई मिलन चाम्सले निर्देशन गरेका थिए भने रियल जोडी उमेश थापा र कविता गुरुङको प्रेम कथालाई पटकथा बनाउने काम सञ्चारकर्मी नरेश भट्टराईले गरेका थिए । फिल्मलाई प्रचारप्रसार सामग्री र वर्ड अफ माउथले सफल बनाउन मदत गर्यो । प्रेम प्राप्तिको लागि गरिएको संघर्ष , त्याग र त्यसपछीको सफलतालाई दर्शकले रिलेट गरे । ‘वर्ड अफ माउथ’ को कारण फिल्म सफल भयो । फिल्मले स्वदेशमा राम्रै कलेक्सन गर्यो भने विदेशमा पनि यसको डिमाण्ड बढ्दो छ । अर्थात् फिल्म विदेशमा अधिकाँस ठाउमा राम्रो प्रदर्शन गरिरहेको छ । प्राय देशमा शो अगावै टिकेट सोल्ड आउट भएका छन । तर यी सबको कारण फिल्मको ‘वर्ड अफ माउथ’ नै हो भन्न सकिन्छ । तर रिलिज अगावै निर्माण युनिटले फिल्म हेर्ने दर्शकको लागि एउटा स्किम अगाडी ल्याएको थियो । ‘रिलिज अगाडि प्रचारलाई तगडा बनाउन ‘बोबी हेरौं नर्वे घुमौं’ स्किम ल्याएको थियो । नेपाल प्रदर्शन सकिएपछी यसकी नायिका कविता गुरुङ नेपाल आएर विजेत घोषणा गरेकी छिन । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच हलमा राखिएको बक्समा खसालिएको फिल्मको टिकट मध्येबाट एक भाग्यमानीको नाम घोषणा गरिएको छ । हजार बढी टिकटबाट विर्तामोड, झापाका राजेश लिम्बु विजेता बनेका छन् । उनले आफूसँग श्रीमतीलाई पनि नर्वे घुमाउने अवसर पाएका छन् । उनी नर्वेमा बोबी जोडी उमेश र कविताको घरमा बस्नेछन् भने अब राजेश र उनकी श्रीमतीलाई नर्वे लैजाने प्रक्रिया समेत सुरु गरिएको छ । विदेश पछिल्लो समय अत्यधिक डिमाण्ड बढिरहेको फिल्मले पछिल्लो समय हङकङ शो सोल्ड आउट भएको थियो भने हुन् लागेको युरोप शो मा पनि केहि शो सोल्ड आउट भईसकेको बुझिएको छ । तस्वीरहरु : आर्यन बिमली
कमेन्ट गर्नुहोस्