संगीत । मेलिना राई र विक्रान्त मेहताको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार ‘नक्कले मोरा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक मेहता र एलिशा राई फिचरिङ छन् । राजिव समरको करियोग्राफी रहेको भिडियोमा बुद्ध थापाले क्यामेरा चलाएका छन् ।
अर्जुन तिवारी डिओपी रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा सुरेश काफ्लेले ड्रेन चलाएका छन् । सार्वजनिक उक्त गीतको एरेन्जर साहाश शाक्य हुन भने मिक्सिङ किशोर थापाले गरेका हुन् । मनोज जिसी प्रोडक्सन मेनेजर रहेको उक्त भिडियोमा सामा लामाले मेकअप गरेकी छिन् ।
कमेन्ट गर्नुहोस्











