सङ्गीत । गायक नारायण थापा र अग्रज गीतकार डब्बु क्षत्रले आफ्नो गीत ‘तिमीलाई नै…’को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीतको भिडियोलाई यतिबेला ओएसआर डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिएको छ । सार्वजनिक गीतमा गायक थापा कै सङ्गीत रहेको छ ।
गीतमा राजेन्द्र बजगाईको संगीत संयोजक छ । जसमा मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका हुन् । गीतलाई म्युजिक किचनमा रेकर्डिङ गरिएको हो । यो गीतको भिडियोमा अभिनेता यशराज गराच र कलाकार तथा मोडल प्रतीक्षा काफ्लेको अभिनय छ । उनीहरु भिडियोमा रोमान्चित देखिएका छन् ।
गीतको भिडियोलाई सर्लाहीको रमणीय स्थलमा छायाँकन गरिएको छ । बीरेन्द्र भाट विपिनको सम्पादन, शर्मिला बुढाथोकीको मेकअप, प्रविण सुवेदीको छायाँकनरहेको यो गीतको भिडियोलाई कृष्ण रसालले कोरियोग्राफी गरेका हुन् । रसालको कोरियोग्राफी प्रसँसनीय छ । भिडियोमा डब्बु क्षत्रीको निर्देशन रहेको छ ।
यो गीतकार रचनाकार डब्बु क्षत्रीका अनुसार गीतमा एक प्रेमीको प्रमिका प्रति आसक्ती प्रस्तुत गरिएको छ । ‘जतिबेला पनि आफ्नै प्रेमिकालाई हेरिरहुँ र भेटिरहुँ भन्ने प्रेमीको अथाह प्रेमाशक्तिलाई यो गीतमा उल्लेख गरिएको छ । गीतसँगै भिडियोले यतिबेला राम्रो प्रतिक्रिया पाएको छ’, गीतकार डब्बु क्षत्रीले भने ।
गायक थापाले आफ्नो पहिलो गीतिसँग्रह अजम्बरीमा यो गीत समेटेका थिए । सँग्रहमार्फत उनले यो गीतलाई यस अघि नै ल्याए पनि यसको म्युजिक भिडियो भने बनाएका थिएनन् । सोही गीत यतिबेला भिडियोको रुपमा दर्शकमाझ आएको हो ।










